नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दार्चुलाका जयसिंह धामी महाकाली नदी तर्ने क्रममा तुइन काटिएको घटनाका सम्बन्धमा भारतले नेपालीसँग सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् । उनले सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनअनुसार नेपालले तत्कालै भारतसँग गम्भीर विरोध र आपत्ति जनाउनु पर्ने बताए ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा माओवादी प्रवक्ता श्रेष्ठले भारतीय सीमा सुरक्षा बलले तुइन काटेका कारण जयसिंह धामी महाकालीमा खसेको विषयमा कुनै विवाद नरहेको बताएका हुन् ।

‘अहिलेसम्मका सबै तथ्यले के प्रस्ट गरेको छ भने भारतीय सीमा सुरक्षा बलले तुइन काटेकै कारणले धामी नदीमा बेपत्ता भएका छुन, यसप्रकारको अमानवीय र क्रुर कार्यको निन्दा एवं भर्त्सना गर्दछु,’ श्रेष्ठले भने, ‘भारतले नेपालीसँग सार्वजनिक क्षमा माग्ने र भविष्यमा यस प्रकारका हेपाहा गतिविधि नदोहोर्याउने प्रतिबद्धता जनाउनु पर्छ ।’

श्रेष्ठले सरकारले बनाएको छानबिन समितिको रिपोर्ट ल्याएर भारत सरकारसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्ने र दोषीमाथि कारबाही गरेर पीडित परिवारलाई राहत दिन ढिला गर्न नहुने बताए ।

‘हामी भारतसँग असल मैत्रिपूर्ण सबन्ध कायम गर्न चाहन्छन्, नेपाल भारतमा रहेको समस्या कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न तयार छौँ । नेपालले कुनै अतिक्रमण सहन् गर्ने छैन । त्यसका निम्ती सबै संघर्ष गर्न संकल्पित छन् । भारतले छिटोभन्दा छिटो आफ्नै पहलकदमीमा क्षमा गर्ने र दोषीमाथि कारवाही गरोस्,’ श्रेष्ठले भने । लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah