दमक/कोरोना महामारी नियन्त्रणका लागि दमक उद्योग बाणिज्य संघ दमकको अगुवाईमा सञ्चालन गरिएको महामारी नियन्त्रण अभियान अन्तर्गत अत्याधुनिक भेन्टिलेटरसहित बिभिन्न स्वास्थ्य उपकरणहरु ल्याइएको छ ।
उद्योग बाणिज्य संघ दमकका पूर्व अध्यक्ष प्रकाश प्रसाईंको नेतृत्वमा रहेको अभियानले लायन्स क्लब हरुसंगको सहकार्यमा ४१ लाख रुपैयाँ भन्दा धेरै रकमका स्वास्थ्य उपकरणहरु दमक ल्याएको हो ।
अभियानका संयोजक प्रसाईंले दमकमा कोरोनाको महामारी नियन्त्रणका लागि निजी क्षेत्रको तर्पmबाट पनि सहयोग पुरयाउने उद्धेश्यले बिभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोग र लायन्स क्लब संगको सहकार्यमा ४१ लख ७५ हजार रुपैयाँ मुल्य बराबरका स्वास्थ्य सामाग्रीहरु ल्याईएको जानकारी दिए । दमक नगरपालिकालाई हस्तान्तरण गरिने ति सामाग्रिहरुमा ऋ एब्ए ःबकप, ल्यल ष्लखभकतष्खभ ख्भलतष्बितयच, द्यबष्ल ऋष्चभगष्त, ऋयलअभलतचबतयच मेसिन लगायतका उपकरणहरु रहेको उनले जानकारी दिए । कार्यक्रममा लायन्स लिडर अजय अग्रवालले लायन्स क्लब ईन्टरनेश्नल फाईउण्डेसन मार्पmत महामारी नियन्त्रणको लागि सहकार्य गरिएको जानकारी दिए ।
ति स्वास्थ्य सामाग्रि खरिदको लागि उद्योग बाणिज्य संघ दमकको कोषबाट ७ लाख ७७ हजार रुपैयाँ उपलब्ध गराईएको र ८ लाख २६ हजार रुपैयाँ बिभिन्न व्यक्ति तथा संस्थाहरुबाट स्वैच्छिक रुपमा संकलन भएको बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए । अभियानलाई सुवासचन्द्र भट्टराईले ५५ हजार रुपैयाँ, अभियानका संयोजक प्रकाश प्रसाई, उद्योग बाणिज्य संघ दमक अध्यक्ष गोकुल श्रेष्ठ, शिवकुमार अधिकारी, सत्यनारायण चौधरी, फौदबहादुर गहतराज, अरुण भण्डारी, भगवान बस्नेत, गनबहादुर अधिकारी र दर्पण सहकारी संस्थाबाट ५१–५१ हजार रुपैयाँ, कुमारी बैंकबाट ५० हजार रुपैयाँ, उद्योग बाणिज्य संघ दमक द्वितिय उपाध्यक्ष राजकुमार योङया र टिकाराम खतिवडाले ३१–३१ हजार रुपैयाँ, युवराज खनाल, दमक किचन गुड्स, भरत चम्लागाईं, हरि बिमली, नविन कुमार अग्रवाल, अजय अग्रवाल, सुजता ईन्टरप्राईजेज र ओम सतासी सहकारीबाट २५–२५ हजार रुपैयाँ उपलब्ध गराएका श्रेष्ठले बताए ।



