झापाको दमक वडा नं. २ का अन्तिम मत परिणाम बिहान ४ बजे सार्वजनिक भएको छ ।
जसमा एमालेका वडाध्यक्षका उम्मेद्वार प्रजापति सापकोटा सहित प्यानलै बिजयी भएको छ । एमालेका उम्मेद्वार सापकोटाले ११ सय ५२ मत ल्याएर प्यानलै बिजयी भएका हुन् ।
सदस्यहरुमा टंक गौतम, राजु धिमाल, भक्तादेबी दाहाल र चन्द्रकला बिक बिजयी भएको निर्वाचन अधिकृत कार्यालयले सार्वजनिक गरेको मतगणनामा उल्लेख छ ।




