काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुला घटनाका बारेमा संसदमा ध्यानाकर्षण गराएकी छन् । उनले यो घटनामा सरकार एक शब्द पनि नबोलेको भन्दै आपत्ती जनाएकी छन् । दार्चुलामा भारतीय एसएसपीले तुइन काटिदिँदा जयसिंह धामी कर्णाली नदीमा हराएका छन् । उनी अझै फेला परेका छन् । शुक्रवार राष्ट्रिय सभामा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

सरकारले त्यस विषयमा आवाज नउठाएर समिति बनाएर टार्न खोजेको आरोप वलीले लगाएकी छन् । सरकारको यस्तो कार्यले कांग्रेसका संस्थापक बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी छन् । विपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु उनकै अपमान भएको वलीको भनाइ थियो ।

‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर यौटा युवालाई मा रिँ दा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ? यही हो विपीका अनुयायीहरूको चरित्र ? यो विपी कोइरालाको अपमान हो । विपीले बनाएको पार्टीको अपमान हो । नेपाली कांग्रेसका कार्यकर्तामाथिको अपमान हो । देश, मानवीय, जनताको इस्यूलाई साराले तुइन काटेको भनेर भन्दा रिपोर्ट पर्खने कुरा हुन्छ ?

विपीले त्यतिबेला रिपोर्ट पर्खेको भए के हुन्थ्यो ? नाम रहन्थ्यो ?’ वलीले भनिन्, ‘ समयलाई चिन्न नसक्ने, समयलाई हाँक्न नसक्ने, कतिबेला कसको सरकार गिर्छ र पदमा बसौला भन्नेहरूबाट मुलुक कदापी चल्न सक्दैन । देशलाई पर्दा, जनतालाई पर्दा औँला ठड्याउन नसक्नेहरूले मुलुकको रक्षा कदापी गर्न सक्दैनन् । जनताको सुरक्षा पनि हुन सक्दैन ।’

नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले यसअघिको बैठकमा देशको यस्तो परिस्थिति आउनुमा सबै जिम्मेवार रहेको भनेको कुरालाई ईंगित गर्दै वलीले डुंगामा प्वाल परिसकेपछि महसुस गर्नुले कुनै अर्थ नराख्ने बताइन् । उनले भनिन्, ‘एक जना आदरणीय नेता माननीयज्यूले यही सम्मानित सदनमा अहिलेको राजनीतिक परिस्थिति सिर्जना हुनुमा हामी सबै जिम्मेवार छौं पनि भन्नुभयो ।

राम्रो कुरा । तर प्वाल परिसकेपछि अब त्यो प्वाल जोडीँदैन भनिसकेपछि त्यसको महसुस, त्यसको स्वीकार्यताले के अर्थ राख्छ र ? ‘अब वर्तमान र भावी पिढीले बुझ्नुपर्दछ एउटै पानी जहाजमा सयर गर्नेहरुलाई बिनाविभेद जनताले विश्वास गरे, समर्थन गरे तिनीहरुले आफ्नै जहाजलाई प्वाल पारेर डुबाइसके भने अर्को जहाज डुबाउँदैनन् भन्ने के छ ? जहाज डुबाइसकेपछिको रियलाइजेसनको अर्थ हुन्छ र ?’ इताजा खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah