काठमाण्डौ – काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको छ ।
राति २ बजेदेखि आगलागी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ८ वटा दमकल तथा केही पानी ट्याङ्करबाट आगो निभाउने प्रयास भइरहेको छ ।
के कारणले आगलागी भयो भन्ने खुलेको छैन ।



