झापा । झापामा खोलामा डुबिरहेको अवस्थामा एक वृद्धको शव फेला परेको छ । मेचीनगर नगरपालिका ७ सतिघट्टा निवासी ७८ वर्षीय तुलाराम खनालको शव शनिवार साँझ स्थानीय पालिया खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार मध्यान्न १२ बजे उनी चरनामा रहेको गाई सार्न भनी घरबाट निस्किएका थिए । अपराह्न ४ बजेसम्म घर नआएपछि परिवारका सदस्य र स्थानीयले खोजी गर्दा खनाललाई खोला किनारमा घोप्टो परेर पानीमा डुबेको अवस्थामा मृत फेला पारेका थिए ।

 

मृत अवस्थामा भेटिएपछि परिवार र छिमेकीले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्र घटना बारे थप बताउन सकिने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah