कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा पार्ने कि भन्ने विषयमा छलफल सुरु गरिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले साउन २७ पछि निषेधाज्ञा थप गर्ने र त्यसपछिको निषेधाज्ञा अलि कडा पार्ने कि भन्ने विषयमा अनौपचारिक छलफल भइरहेको जानकारी दिए।

‘यस विषयमा हामी (तीन जिल्लाका सीडीओ) भोलि छलफलमा बस्छौं,’ सीडीओ पराजुलीले सोमबार बिहान नेपालखबरसँग भने, ‘संक्रमण बढेकाले केही क्षेत्र सीमित गर्ने कि भन्ने सोचिरहेका छौं।’

यसअघि घोषित निषेधाज्ञाको अवधि यही साउन २७ गते मध्यराति सकिँदै छ।

कुन कुन क्षेत्रमा कडाइ गर्ने भन्ने विषयमा चाहिँ अहिल्यै केही तय भइनसकेको, भोलि छलफलपछि मात्रै भन्ने सकिने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

भोलिको छलफलपछि केही क्षेत्रमा कडाइ गर्ने वा अहिलेकै अवस्थामा छाड्ने टुंगो लाग्ने उनको भनाइ छ।

पछिल्लोपटक कोरोनाका कारण आइतबार एकै दिन ५५ जनाको मृत्यु भएको छ। जुन संख्या ४६ दिन यताकै उच्च हो।

–​फेरि भयावह बन्दै कोरोना संक्रमण, भरिन थाले अस्पताल

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गत शनिबार भिडिओ सन्देश जारी गर्दै कोरोनाको तेस्रो लहरका लक्षण देखिन थालेको जानकारी गराउँदै अति आवश्यक नपरेसम्म घरबाट बाहिर ननस्किन आम नागरिकलाई आग्रह गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah