काठमाडौं । पूर्वस्वास्थ्य मन्त्री तथा कांग्रेस सांसद गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गर्ने तर अरू परीक्षा नरोकिएको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत् सांसद थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षा सञ्चालनकाे आधार के हो भनी प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, “कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्याे कि वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्याे ।”
राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्य मन्त्रालयको सिफारिसमा गत शनिबार साउन ३१ गतेदेखि हुने तय भएकाे कक्षा १२ परीक्षा स्थगित गरेको थियो । तर, आइतबार बसेकाे त्रिविकाे बैठकले परीक्षा तालिका सार्वजनिक भइसकेका परीक्षा नराेकिने निर्णय गरेकाे थियाे ।



