काठमाडौँ – भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेपछि सर्वाेच्चमा रिट परेको थियो।
उक्त रिटमा सोमबार सुनुवाई गर्दै सर्वाेच्च अदालतले आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हाे।
हेर्नुहोस् आदेश




