कमल गाउँपालिका झापाको आज बिहान १० बजेसम्म ११ हजार ६५० मत गणना गरिसक्दा प्राप्त भएको मत परिणाम अनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हुकुमसिंह राईले ४८८९, एमालेका मेनुका काफ्लेले ४७९३ मत, माओवादी केन्द्रका विमल संग्रौलाले १२०३ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा एमालेका वेणु सिवाकोटीले ५२९२, नेपाली कांग्रेसकी दिपा भण्डारी (गौतम)ले ३१७०, माओवादी केन्द्रकी उपाध्यक्ष गौरी राईले १९१२ मत प्राप्त गरेका अधिकृत प्रेम लुइँटेलले जानकारी दिएका छन् ।





