काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारको पालामा थप एक खर्ब ४३ अर्ब रुपैयाँ शोधनान्तर घाटा बढेको तथ्यांक सार्वजनिक गर्नुभएको छ । संसद बैठकमा श्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिनुभएको हो ।

उहाँले ०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६मा पुगेको बताउनुभयो ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७६/७७ भन्दा अगाडि औषत ७ प्रतिशतले हासिल गर्दै आएको आर्थिक वृद्धि कोरोना जोखिमले हासिल गर्न नसकेको बताउनुभयो ।

सरकारले गत आर्थिक वर्ष ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको भएपनि २.१ प्रतिशतले ऋणात्मक रहेको छ । त्यस्तै शर्माले आर्थिक वर्ष २०७७र७८ मा राखिएको ७ प्रतिशतको लक्ष्य समेत हासिल नहुने बताउनुभयो

आर्थिक वर्ष ०७३/०७४ को कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग एवं सेवा क्षेत्रको योगदान क्रमशः २६.८ प्रतिशत, १४.६ प्रतिशत र ५८.६ प्रतिशत रहेकोमा आर्थिक वर्ष ०७७/०७८ मा यी क्षेत्रको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान गरेको बताउनुभयो ।

उहाँले आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको औद्योगिक क्षेत्रको योगदान जीडीपीमा न्यून रहनु र त्यसमा पनि उत्पादनमूलक उद्योगको योगदान हाल ५.१ प्रतिशत मात्र हुनुले अर्थतन्त्रको आधार कमजोर रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah