झापा । सशस्त्र प्रहरीले झापाको गौरीगञ्जबाट लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका ८ जुरोपानि निवासी १८ वर्षीय उदय कार्की, सोही ठाउँ बस्ने २२ वर्षीय दीपक चौधरी र १८ वर्षीय देवराज माझी रहेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

गौरीगञ्ज गाउँपालिका ६ खजुरगाछि फत्तेपुर भित्री सडक खण्डमा विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गौरीगञ्जबाट खटिएका मोबाइल गस्ती टोलिले फत्तेपुरबाट गौरीगञ्जतर्फ दुई वटा साइकलमा आउँदै गरेको उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा लागु औषध फेला परेको थियो ।

सशस्त्र प्रहरीले उनीहरूको साथबाट नाईट्रोजापम २० पत्ता, गाँजा २ प्याकेट १० ग्राम र गाँजा खाने चिलिम एक थान बरामद गरेको हो । लागु औषधसहित नियन्त्रणमा लिएका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जमा बुझाइसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah