काठमाडौं । दुई सातायता कोरोना संक्रमण बढेपछि उपत्यकाका कोभिड अस्पतालमा गम्भीर बिरामीको चाप पनि वृद्धि भएको छ ।

त्रिवि शिक्षण अस्पतालका श्वासप्रश्वास तथा छातीरोग विशेषज्ञ डा निरज बमका अनुसार चारपाँच दिनयता गम्भीर लक्षण भएका कोरोना संक्रमितले आइसियु र एचडियु भरिइसकेको छ ।

उहाँका अनुसार अस्पतालमा ४० बेडको आइसियु, ३० वटा भेन्टिलेटर र १० वटा एचडियु कुनै पनि खाली छैनन् । जनरल बेडमा पनि ९० जना भर्ना भइसकेका छन् । एक सातायता बिरामीको संख्या ह्वात्तै बढेको उहाँले जानकारी दिनुभयो ।

केही दिन यता छिमेकी र तराईका जिल्लाबाट रेफर भएर आउने बिरामी र सुरक्षाको खोजीमा आफैं भर्ना हुन आउने बिरामीका कारण अस्पताल भरिभराउ हुँदै गएको डा बमले बताउनुभयो ।

उहाँका अनुसार काठमाडौंनजिकका जिल्ला धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाका साथै सोलुखुम्बु, मकवानपुर, रौतहट, बारा, धनुषा, पर्सा र गोरखाबाट बिरामी आइरहेका छन् । यी बिरामी सबैजसो अक्सिजन दिनुपर्ने अवस्थाका छन्  । बिरामी भरिँदै गएपछि अन्य वार्डलाई कोभिड वार्डमा रूपान्तरण गर्ने कार्य भइरहेको डा बमले जानकारी दिनुभयो ।

वीर अस्पतालमा पनि चारपाँच दिनदेखि भर्ना हुने कोरोना संक्रमित र ओपिडीमा उपचार गर्नेहरूको संख्या पनि बढेको अस्पतालका फिजिसियन डा ध्रुव गैरेले बताउनुभयो । उहाँका अनुसार उपचारमा आउनेहरू धेरैजसो काठमाडौं उपत्यकाका छन् ।

नागरिक दैनिकका अनुसार दैनिक १० देखि १५ जना बिरामी भर्ना भइरहेको उहाँले बताउनुभयो । केही दिनयता अस्पतालमा देखिएको बिरामीको चापले तेस्रो लहर सुरु भएको संकेत गरेको डा गैरेले बताउनुभयो । वीर अस्पतालको आइसियु कक्ष कहिल्यै खाली हुन नपाएको प्रशासकीय प्रमुख डा भुपेन्द्र बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah