काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो माघ मसान्तसम्म पाँच करोड २३ लाख डोज खोप नेपाल आइपुग्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभामा सम्बाेधन गर्नु हुँदै राज्यमन्त्री श्रेष्ठले अहिलेसम्म एक करोड आठ लाख ६० हजार डोज आइसेकेको, तीन करोड ३६ लाख ७१ हजार नौ सय ५० डोज खोप नेपाल आउने प्रक्रियामा रहेको र असोज मसान्तसम्म एक करोड दुई लाख डोज खोप आउने जानकारी दिनुभयो ।

यस्तै माघ महिनासम्ममा तीन करोड २३ लाख डोज थपसहित कुल पाँच करोड २३ लाख डोज खोप आउने राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै अहिलेसम्म ४५ लाख ७० हजार जना अर्थात् कुल जनसङ्ख्याको १५ दशमलव ५ प्रतिशतले पहिलो मात्रा र २८ लाख ८८ हजार तीन सय अर्थात् कुल जनसङ्ख्याको ९ दशमलव ५१ प्रतिशतले पूर्ण वा दोस्रो डोज खोप लगाएका छन् ।

अहिले जिल्ला र प्रदेशमा भेरोसेल नौ लाख मात्रा, एस्ट्राजेनेका ११ लाख ५० हजार र जोनसन एन्ड जोनसन २१ हजार मात्रा गरी २० लाख ७१ हजार मात्रा खोप भण्डारणमा रहेको छ । यस्तै केन्द्रमा एक लाख ७३ हजार डोज खोप भण्डारणमा रहेको छ । कुल २२ लाख ४४ हजार मात्रा खोप भण्डारणमा रहेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभएको छ । उज्यालो अन्लाइन बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah