“कर, बैंकको व्याज, घर भाडाको मारमा परेका व्यवसायीलाई मात्र बन्द गरेर सबै गतिबिधि सञ्चालन गर्ने विषयमा हाम्रो घोर आपत्ति छ” उद्योग वाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिमिल्सिनाले भने, “एकातिर संक्रमण रोकथाममा कुनै पनि उपलव्धी नहुनु र अर्को तिर उद्योगी व्यवसायी दिनानुदिन धरासायी बन्दै जाने अवस्थाले दोहोरो समस्या निम्त्याएको छ । अब यी दुवै समस्याको हल हुने गरी बैकल्पिक उपाय अपनाउनु पर्दछ ।”
कोभिड नियन्त्रणका लागि आवश्यक सूरक्षा अपनाउँदै व्यवसाय सञ्चालनको वातवरण निर्माण हुनुपर्ने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको भनाई छ । “निषेधाज्ञाको मुख्य उद्देश्य भिडभाड कम गर्ने र संक्रमण रोकथामका निमित्त मद्दत पुग्ने हो । तर, विभिन्न राजनैतिक दलका कार्यक्रम रोकिएका छैनन्, यातायात गुड्न छाडेका छैनन्, बन्द छन् त केवल व्यवसायीका सटर” शिवाकोटीले भने ।”
हाल कै अवस्था विद्यमान रहने हो भने व्यवसायीहरु निशेधाज्ञा उलंघन गर्न बाध्य हुनुपर्ने उद्योग वाणिज्य संघ झापाका अध्यक्ष राजु पनेरुले बताए । संक्रमणका कारण स्वस्थ्य क्षेत्रको अवस्था दयनिय भएको हो भने स्वास्थ्य संकटकाल घोषणा गरी पूर्णरुपमा निशेधाज्ञा जारी गर्नुपर्ने पनेरुको सुझाव छ ।
आंशिक रुपमा छोटो समयका लागि मात्र पसल खुल्ला गर्दा अझ बढी भिडभाड बढ्न जाने भएकाले आंशिक रुपममा गरिने बन्दको कुनै पनि औचित्य नहुने व्यवसायी तर्क छ । सबै व्यवसायीलाई तत्काल खोपको व्यवस्था गरी, सतर्कता अपनाउँदै व्यवसाय सञ्चालनको वातवरण तयार हुनुपर्ने उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठको भनाई छ ।
गत साउन १६ गतेदेखि झापा जिल्लाभर लागू गरिएको सिल भोली (सोमबार) सकिदैँ छ । सोमबार बस्ने डिसीसीएमसीको बैठकले व्यवसायीको मागको सम्बोधन गरिने जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख तिमिल्सिनाले प्रतिबद्धता जनाए । जिल्ला प्रशासन, स्थानीय सरकर, सुरक्षा निकाय र उद्योग वाणिज्य संघको टोलीले दैनिक बजार अनुगमन गरी व्यवसाय सञ्चालन गरिने छलफलले निष्कर्ष निकालेको छ । छलफलमा उद्योग वाणिज्य संघ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, कोषाध्यक्ष दिपेन्द्र राउतको समेत सहभागिता रहेको थियो । बजार दैनिक बाट



