काठमाडौं, ३२ साउन । सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको ठहर गर्दै प्रमुख प्रतिपक्षी दलका नेताहरू रणनीतिक छलफलमा जुटेका छन् ।

सरकारले संसद् अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेको भन्दै एमाले अध्यक्ष केपी ओलीपक्षीय पदाधिकारी र स्थायी कमिटीका नेताहरू ओली निवास बालकोटमा छलफलमा जुटेका हुन् । ओली निकट केही केन्द्रीय सदस्य पनि बालकोट पुगेका छन् ।

माधवकुमार नेपाल पक्षलाई सहज हुने गरी सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमाले विभाजन हुने निष्कर्षका साथ ओली निकट नेताहरू छलफलमा जुटेका हुन् । आगामी रणनीति तय गर्ने गरी छलफलमा जुटेको एक नेताले बताए ।

विघटित कार्यदलले एकताका लागि १० बुँदे सहमति गरे पनि विवाद मिल्न सकेको छैन । नेताहरू आरोप–प्रत्यारोपमा रहिरहेका वेला विघटित कार्यदलका सदस्यहरू भने निरन्तर छलफलमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah