कारोबारको चौथो दिन (बुधबार) कारोबार सुरु भएको दुई मिनेटमै पाँच कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
आज अरुण कावेलीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ताको मुल्य रु. ८०२.२० पुगेको छ ।
यस्तै, खानीखोला हाइड्रोपावरको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.५५६.२०, सेन्ट्रल फाइनान्सको ९.८४ प्रतिशतले बढेर रु.७६०, सिईडिबि हाइड्रोपावर डेभलपमेन्टको ९.८३ प्रतिशतले बढेर रु.१ हजार २५४ र नेशनल हाइड्रोपावरको ९.८० प्रतिशतले बढेर रु.५३० पुगेको छ ।



