काठमाडौं, ३ भदौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वैचारिक रुपमा स्पष्ट हुन नसक्दा नेपालका कम्युनिष्ट पार्टीहरू टुटफुटको अवस्थामा पुगेको बताएका छन् ।

आज (बिहीबार) काठमाडौंमा समाजवादी केन्द्रले गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले वैचारिक स्पष्टता नहुँदा नेपालका कम्युनिष्ट पार्टीहरुमा संकट आइलागेको बताए । माओवादी सशस्त्र संघर्षको १० वर्षको छोटो अवधिमा प्राप्त गरेको राजनीतिक उपलब्धि समेत पछिल्लो समयमा गुम्न पुग्दा अहिले पुनः पुराना शक्तिहरु नेपालको राजनीतिमा हावी हुन पुगेको भट्टराईले बताए ।

‘नेपालको जटिल भू–राजनीति, आर्थिक सामाजिक संरचनामा रहेको विविधताका कारणले पूर्णतामा हामीले जनयुद्धको उपलव्धीलाई पूर्णतामा पुर्‍याउन सकेनौं, गणतन्त्रसम्म त पुर्‍यायौं तर त्यहाँभन्दा अघि बढ्न सकेनौं । यसैका कारण सबै कम्युनिष्ट पार्टी संकटमा परेका हुन्’, भट्टराईको भनाइ छ ।

उनले नेपालको परिवेशअनुसार दलहरुले नीति र कार्यक्रम र नयाँ ढंगको समाजवादको खाका तयार गर्न नसक्नु नै अहिले आफूहरुको समस्या भएको पनि बताए । डा. भट्टराईले बाघ बुढो भएर पनि घाँस नखाए जस्तै आफूहरुले पनि त्यसो गर्न नहुनेमा जोड दिए । ‘बाघ बुढो भए पनि घाँस खाँदैन । हामीले घाँस खानु हुँदैन घाँस नखाई निकास दिन सक्छौं’, उनले थपे, ‘हामी त ७० आसपास भइसक्यौं अब नसकौंला तर नयाँ पुस्तालाई हामीले बाटो देखाउनु पर्छ ।’ नया पेज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah