काबुल, ५ भदौं । अफगानिस्तानमा नयाँ सरकारको गठनको उद्देश्यले तालिबानका सह–संस्थापक मुल्ला अब्दुल गनी बरादर काबुल पुगेका छन् । काबुलमा उनी तालिबानका अन्य सदस्य र नेतासँग कुराकानी गर्नेछन् ।
तालिबानका एक वरिष्ठ अधिकारीले सामाचार एजेन्सी एएफपीसँगको कुराकानीमा भने, ‘उनले एक समावेशी सरकार स्थापनाका लागि काबुलको जिहादी नेता र अन्य मानिसहरुलाई भेट्ने छन् ।’ मुल्ला गनी बरादरलाई सन् २०१० मा पाकिस्तानबाट पक्राउ गरिएको थियो ।
सन् २०१८ मा उनलाई कतार पठाइएको थियो । बरादरलाई दोहामा अमेरिकी सैनिकको फिर्ताको सम्झौतामा हस्ताक्षरका लागि तालिबानको राजनीतिक कार्यालयका प्रमुख नियुक्त गरिएको थियो । मुल्ला गनी बरादर मंगलबार कतारबाट अफगानिस्तानको दोस्रो ठूलो शहर पुगेका थिए । जसलाई तालिबानको जन्मस्थल पनि मानिन्छ । तालिबानले काबुलमा कब्जा गरेको केही घण्टाभित्रे यस पटक उनीहरुको शासन ‘भिन्न’ हुने बताएका थिए । एजेन्सी
Desperation deepens around Kabul's airport with evacuation operations in chaos and US President Joe Biden warning he could not predict the outcome of one of the "most difficult airlifts in history" https://t.co/yza8NeydMK pic.twitter.com/nUThMc4NPY
— AFP News Agency (@AFP) August 21, 2021



