झापा । मोरङको उर्लाबारीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी नगरपालिका-१ चिसापानीका ३८ वर्षीय विष्णु जोगी रहेको प्रहरीले जनाएको छ ।
शनिवार दिउसो ३ बजे सोही स्थानमा रहेको चिस्यानी होलीस्थित पैनीमा बिजुलीको करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।



