प्रकाश पाक्सावाँ
भाद्र ६, तेह्रथुम । धार्मीक रुपमा महत्वपुर्ण मानिने जनै पुर्णिमामा तेह्रथुमको छथर गाँउपालिकामा भने धामीहरु आ—आफ्ना भेषभुसामा सजिएर नच्दै यो पर्व मनाउने गर्दछन् । प्रत्येक बर्ष जनै पुर्णिमा शुक्रबारे बजारमा लाग्ने यो मेला निकै रोचक हुने गरेको छ ।
धामिहरु प्रत्येक बर्ष जनै पुर्णिमाको अघिल्लो दिन नजिकै रहेको मार्गा पोखरीमा गुफा बस्ने गरेका हुन् । रातभर त्याहि बस्ने र यसरी बसेपछि मा आध्यात्मिक ज्ञान प्राप्त हुने जनविश्वास रहेको छ । भोलि पल्ट पुर्णिमाको दिन नच्दै रत्नदेविको मन्दिर सहित बजार परीक्रमा गर्ने गरीएको छ । आफ्नो संस्कृतिलाई जगेर्ना गर्ने तथा आफुले मान्ने देउतालाई खुसि बानाउन यसरी नाच्ने गरेको नाचमा सहभागिको भनाई रहेको छ ।

यसै बिच रत्नदेवि युवासेवा समाजले बजारमा परीक्रमा गर्न आएका सबै धामिहरुलाई नगद सहित खादा ओडाएर सम्मान गरेको छ । लोप हुन लागेको धामि नाच लाई जगेर्ना गन समाजले सम्मान कार्यक्रम राखेको जनाएको छ ।

पुस्तौ देखि यसरी आध्यत्मिक शक्ति प्राप्त गर्न तथा आफ्ना चेलाहरुलााई पुर्ण ज्ञान प्रदान गर्न गुफा बस्ने प्रचलन रहि आएको छ । गुफा बसेपछि शुक्रबारेमा रहेको रत्नदेवि मन्दिरको परिक्रमा नगरी पुर्ण शक्ती प्राप्त नहुने विश्वास रहि अएको छ । कोरोना कहरका बिच पनि धामि नाच हेर्न तेह्रथुम,पाचथर र धनकुटाका स्थानियहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah