(पार्थ मण्डल) झापा । झापामा ८ महिने शिशुलाई समेत झुन्डाएर एक दम्पतीले सामूहिक आत्महत्या गरेका छन् । तीनै जना एकै पटक झुन्डिएर सामूहिक आत्महत्या गरेपछि प्रहरीले आत्महत्या गर्नुको कारण पत्ता लगाउन स्थानीय र परिवारका सदस्यसँग सोधपुछ गर्न थालेका छन् । कनकाई नगरपालिका–१ स्थित दुर्गापुर निवासी ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र आठ महिनाको छोरी सोमबार बिहान उनीहरूकै घरमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

घटना भएको स्थल नजिकै विक परिवारकै काकीको घर छ । काकीले आज बिहान उनीहरू किन उठेनन् भनेर झ्यालबाट हेर्दा बच्चासहित विक दम्पती झुन्डिएको दृश्य देखेपछि तत्काल अन्य छिमेकी र प्रहरीलाई खबर गरेकी थिइन् ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय झापासहितको प्रहरी टोली बिहान ८ बजे घटनास्थल पुगेका थिए । विक परिवारका आफन्तजन झापामा नहुँदा प्रहरीले श्रीमतीका माइती पक्षलाई उदयपुरबाट बोलाएका थिए । माइती पक्ष आएपछि उनीहरूको रोहबरमा प्रहरीले साँझ ५ बजे ढोका खोलेर शव बाहिर निकालेर कानुनी प्रक्रिया अघि बढाएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

मृतक रविन कोरोना संक्रमित भएकोले नेपाली सेनाको शव व्यवस्थापन टोली पनि घटनास्थल पुगेको थियो । सङ्क्रमितलाई नेपाली सेनाले र अन्य दुई जनाको शवलाई प्रहरी टोलीले पिपिई लगाएर व्यवस्थापन गरेका थिए । तीनै जनाको शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर ल्याइने डिएसपी थापाको भनाई छ ।

आत्महत्याको कारण आर्थिक लेनदेनको आशङ्का

वैदेशिक रोजगारीमा गएका रविन विक बहराईनबाट डेढ वर्षअघि झापा फर्किएका थिए । त्यहाँबाट फर्किएपछि उनले दुर्गापुरमा घर बनाएका थिए । त्यसपछि परिवारसँग त्यही घरमा बस्दै आएका थिए । वैदेशिक रोजगारीबाट फर्किएपछि रविनको अन्य कुनै पेसा नहुँदा अरूलाई पनि विदेश पठाउने काम गर्न थाले । उनी कुनै म्यानपावरसँग मिलेर एजेन्टको का गर्दै आएका थिए ।

उनले विदेश पठाइदिन्छु भन्दै केही युवाहरूसँग पैसा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए । ‘छिमेकीहरूले बताए अनुसार रविनको घरमा दैनिक ८ देखि १० जना पैसा माग्न जान्थे,’ डिएसपी थापाले भने, ‘आर्थिक लेनदेनका कारण विचलित भएर परिवारले नै सामूहिक आत्महत्या गरेको हुन सक्छ ।,’

परिवारमा आर्थिक सङ्कट परेपछि रविन र उनका दाजु साउदी अरब जानका लागि घरबाट हिँडेका थिए । काठमाडौँ पुगेपछि रविनले स्वास्थ्य परीक्षण गर्दा असार ३१ गते कोरोना संक्रमण पुष्टि भयो । ‘दाजुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि दाजु साउदी अरब उडियो, रविन फेरि झापा फर्किए,’ डिएसपी थापाले भने, ‘आर्थिक सङ्कट, त्यसमाथि विदेश पनि जान नपाएको त्यही निहुँमा आत्महत्या गरेको हुनुपर्छ ।’ परिवारले नै आत्महत्या गर्नु अन्य कारणको पनि प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

यता वडा अध्यक्ष रोशन पोखरेलले घरमा दैनिक रकमका लागि ताकेता आउने गरेका कारण उनीहरूले आत्महत्या गरेको हुन सक्ने बताउँछन् । वडा अध्यक्षलाई पोखरेललाई पनि विकसँग पैसा उठाइदिन भन्दै तीन दिनअघि केही युवाहरूले फोन गरेका थिए । फोन गर्नेहरू ओखलढुङ्गाका थिए । फोन गर्ने युवाहरूलाई वडा अध्यक्षले व्यक्तिगत रुपमा पैसा उठाउन नमिल्ने भन्दै न्यायिक समितिमा जान सुझाव दिएका थिए । कम्तीमा ४० देखि ५० जना वैदेशिक रोजगारमा जानेको पैसा उनको कारण डुबेको बताइएको छ । टाइम्स अफ प्रदेश बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah