धनुषा, ८ भदौं । धनुषामा एक युवकले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् । मिथिला बिहारी नगरपालिका–५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेका हुन् । दुवै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा खाल्डो खनेर गाडेका थिए । उनी केहि समयअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

२७ वर्षीय भागेश्वरले सोमबार राति १२ बजेतिर दुवैको हत्या गरेको पाइएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । ‘बिहान उनका ३ र ४ वर्षका बच्चा रोइरहेको र भागेश्वर आफैं टोलाएर बसिरहँदा पुगेका छिमेकीले दुवैको हत्या भएको पत्ता लगाएर हामीलाई जानकारी गराएका थिए,’ बस्नेतले भने, ‘तत्कालै भागेश्वरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकारेका छन् ।’ शव गाडेको ठाउँमा उत्खनन् गर्दा दुवैको शव फेला परेको बस्नेतले जानकारी दिए ।

भागेश्वर वैदेशिक रोजगारीबाट गत चैत महिनामा घर फर्केका थिए । पारिवारिक विवादका कारण उनले बुवा र श्रीमतीको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ । स्थानीयका अनुसार भागेश्वर एक वर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक यौन सम्बन्ध रहेको आशंका गर्दै आएका थिए ।

जसको कारण उनको पत्नीसँग दिनहुँ झगडा हुँदै आएको थियो । सोही आशंकाको आधारमा उनले आफ्ना बुबा र श्रीमतीको हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ । भागेश्वर र अम्रिकादेवीका दुई छोराछोरी छन्।घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah