साउन ३२ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि बिक्री खुला गरेको बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ आवेदन दिने म्याद भदौ १४ गतेसम्म रहेको छ । उक्त अवधिसम्ममा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले नुवाकोट जिल्लाका आयोजना प्रभावितका लागि कुल ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।
लगानीकर्ताले नुवाकोट जिल्लामा रहेको ज्योति विकास बैंकको शाखा, प्रभु बैंकको शाखा र सिभिल बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरि लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फतबाट पनि सेयर भर्न सक्नेछन् ।
यसमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । यसले ४।९९३ मेगावटको लोवर टाडी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।



