दमक/ काका भतिजा मिलेर खोटाङको दिक्तेल रुपाकोटमा एक जनाको हत्या गरेको खुलेको छ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ काँडेका ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका हुन । गत भदौ ९ गते दिउँसो ११ बजे घरबाट बाहिर निस्किएका गिरीराज घर नआएपछी बिहानको राती पौने २ बजे घर नजिकै मृत फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोलीले घटनाको प्रकृती हेर्दा हत्या गरेको हुन सक्ने आशंकमा अनुसन्धान थालेको थियो । उनीहरुले घरयासी बिबादका कारण भैंसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



