काठमाडौँ– लकडाउनका कारण ४ महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल आगामी बिहीवारदेखि हुने भएको छ ।

लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्न यातायात व्यवस्था विभागले देशभरका २१ वटा यातायात कार्यालयलाई पत्राचार गरेको छ ।

काठमाडौँ उपत्यकामा यही भदौ १८ गते चालक अनुमतिका लागि ट्रायल शुरु हुने र उपत्यका बाहिर १५ दिनपछि हुने विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए ।

‘काठमाडौँमा रहेको यातायात कार्र्यालयले १८ गतेबाट लाइसेन्सको लागि (ट्रायल) परीक्षा सञ्चालन गर्नेछन्’ उनले खबरहबसँग भने, ‘बाहिरका कार्यालयले दुईसाताभित्र सञ्चालन गर्छौ भनेका छन् ।’

पहिलो चरणको लकडाउनका कारण २०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी ७७ पुस १४ गतेबाट खुलाएका थियो ।

यससँगै करिब ४ महिनापछि कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो ।

पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख परीक्षार्थी ट्रायलको प्रतिक्षामा छन् । ६ लाख परीक्षार्थीले ट्रायल दिन कम्तीमा ५ देखि ६ महिना लाग्ने विभागको अनुमान छ । यससँगै अब प्रतिक्षामा रहेका परीक्षार्थीहरुले सम्बन्धित यातायात कार्यालयमा सम्पर्क गरी आफ्नो पालो बुझ्नुपर्नेछ ।

नयाँ आवेदन अनिश्चित

झन्डै ६ लाखको परीक्षा सञ्चालन गर्नुपर्ने अवस्थामा विभागले नयाँ आवेदन भने तत्काल लिने सम्भावना कम देखिन्छ ।
पुराना परीक्षार्थीको संख्या ६ लाखको हाराहारीमा रहेकाले नयाँ कहिलेबाट खुलाउने भन्ने निश्चत नभएको विभागका महानिर्देशक नमराज घिमिरे बताउँछन् ।

‘हामीले यातायात कार्यालयलाई डबल सिफ्टमा काम गराउन भनेका छौं संख्या घट्दै गएपछि नयाँका लागि अनलाइन फारम खोल्ने तयारी गर्नेछौं’, उनले खबरहबसँग भने ।

त्यस्तै विभागले लिखित परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड पालना गर्दै परीक्षा हलको उपलब्धता अनुसार एक सिफ्टमा सय जना परीक्षार्थीको परीक्षा गराउने व्यवस्था गरेको छ ।

एउटा कोठामा कम्तीमा २५ जना परीक्षार्थी रहने गरी व्यवस्थापन गर्नुपर्नेछ ।

परीक्षार्थीहरुले पालन गनुपर्ने विषयहरुः

– परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि परीक्षार्थी स्वयमले अनिवार्य रुपमा रुपमा मास्क, स्यानिटाइजर र आफ्नो पीउने पानीको व्यावस्था गर्नुपर्ने

-परीक्षा सुरु हुनु १५ मिनेट अगाडि मात्र परीक्षा केन्द्रमा उपस्थित हुनुुपर्ने

– परीक्षार्थीहरुले परीक्षा केन्द्रमा प्रवेश गर्दा, निस्कँदा शौचालय प्रयोग गर्दा भिडभाड नगरी भौतिक (सामाजिक) दूरी कायम गर्नुपर्ने

– परीक्षामा खटिएका कर्मचाारीले दिएको निर्देशनको पूर्णरुपमा पालना गर्नुपर्ने

-परीक्षार्थीहरु परीक्षा केन्द्रमा समूह बनाई भेला नहुने

– परीक्षा केन्द्र प्रवेश गर्नु अगाडि परीक्षार्थीहरूको तापक्रम मापन गरिने छ ।

परीक्षामा खटिने कर्मचारीको हकमा

-परीक्षामा खटिने कर्मचारीले परीक्षा केन्द्रमा मास्क, पञ्जा र स्यानिटाइजरको अनिवार्य रुपमा प्रयोग गर्ने

– परीक्षार्थीहरुलाई एक आपसमा भौतिक (सामाजिक) दूरी कायम हुने गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई परीक्षा हलमा प्रपेश गराउने

-प्रश्न पत्र वितरण र हाजिरी गराउँदा उच्च सर्तकता अपनाउने,

– परीक्षार्थीहरुसँगको भौतिक दूरी कायम हुने गरी परीक्षार्थीको पहिचान गरी उत्तर पुस्तिकामा हस्तक्षर गर्ने

– कागजतहरु छोए पश्चात प्रत्येक पटक हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने

– परीक्षामा खटिने कर्मचाारीहरु कम्तीमा १ घण्टा अगावै परीक्षा केन्द्र्रमा उपस्थित भइसक्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah