कैलालीमा बाढी बस्तीमा पसेको छ। पथरैया नदीमा आएको बाढी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ४ र ७ मा पथरैया नदी बस्तीमा पसेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए।


‘जानकी गाउँपालिका वडा नम्बर ४ का ८० घर र वडा नम्बर ७ का ५८ घरमा पानी पसेको छ। सशस्त्र प्रहरीको टोली उद्धारको लागि खटिएको छ,’ उनले भने। यस्तै प्रशासनले कर्णाली नदीमा पनि पानीको बहाव बढ्दै गएकोले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। यस्तै कैलारी गाउँपालिकाका विभिन्न क्षेत्रका घरमा पनि पानी पसेको छ।

चुरे क्षेत्रमा भइरहेको वर्षाका कारण कैलालीका अधिकांश नदीमा पानीको बहाब बढेको छ। बाढी पूर्वानुमान महाशाखाले कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बहाव बढ्ने जनाएको छ। मध्यपहाड, चुरे र तराई भएर बग्ने स–साना नदीमा बहाव बढेकोले तटिय क्षेत्रबा बासिन्दालाई महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah