१९ असार– आछामको साँफेबगर नगरपालिकाको मतगणना सकिएको छ र एमालेका उम्मेदवार कुलबहादुर कुँवर ५८३८ मत ल्याएर विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ध्वजबहादुर कुँबरले ५४१२ मत ल्याएर एमालेका कुँबरलाई कडा टक्कर दिए ।
तर नेकपा माओवादी केन्द्रका उम्मेदवारले भने सो नगरपालिकामा राम्रो मत पाउन सकेन ।
साँफेबगरको मेयरका लागि माओवादी केन्द्रका उम्मेदवार खगेन्द्र ओडले जम्मा ५६३ मत प्राप्त गर्न सके ।
साँफेबगरको उपमेयरमा पनि एमालेकै उम्मेदवार वीरमला बुढथापा ५९८४ मत ल्याएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रुमा आउजीले ५२६२ मत ल्याउँदा माओवादीबाट उपमेयरकी उम्मेदवार बैजन्ती कुँवरले भने ५३९ मत मात्रै प्राप्त गरिन् ।



