काठमाडौँ – अब छिट्टै नै ११ कम्पनीहरुले प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी गरेका छन्। नेपाल धितोपत्र बोर्डका अनुसार ११ कम्पनीहरुले आईपीओ निष्कासनका लागि निवेदन दिएका हुन्।

११ वटा विभिन्न कम्पनीहरुले ५ अर्ब भन्दा बढी रकम बराबरको आईपीओ जारी गर्न निवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। मध्य भोटेकोशी जलविद्युत आयोजनाले सबै भन्दा बढी रकम बराबरको आईपीओ जारी गर्न अनुमति माग गरेको छ। मध्य भोटेकोशी जलविद्युत आयोजनाले १ अर्ब ५० करोड रुपैंयाँ बराबरको आईपीओ जारी गर्न निवेदन दिएको छ।

साहस ऊर्जाले १ अर्ब ५ करोड, बिन्दाबासिनी हाइड्रोले २५ करोड, डिस मिडिया नेटवर्कले २३ करोड, हिमालयन हाइड्रोले २२ करोड, न्यादी हाइड्रोले ४० करोड ५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेका छन्।

त्यस्तै ग्रीन भेन्चरले ६२ करोड ५० लाख, बलेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख, सयपत्री हाइड्रोपावरले ९ करोड रुपैंयाँ बराबरको आईपीओ जारी गर्न निवेदन दिएका छन्।

आईपीओ जारी गर्न निवेदन दिने अन्य कम्पनीहरुमा बुद्धभूमि नेपाल हाइड्रोपावर र समलिङपावर कम्पनी रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah