झापा । झापा गाउँपालिका-६ चन्द्रबस्ती पूर्वबाट बग्ने बिरिङ खोलाको अस्थायी तटबन्ध निर्माण कार्य सुरु गरिएको छ । खोलाले पश्चिमतर्फ तीव्र रुपमा तटीय क्षेत्र कटान गर्दै जनताको तटबन्ध अन्तरगत निर्माण गरिएको तटबन्धलाई समेत क्षति पुर्‍याउने अवस्थामा पुगेपछि खोलाको पानी गाउँमा पस्ने सम्भावना बढेको छ ।

गाउँ तथा बस्ती बचाउन अस्थायी तटबन्ध निर्माण कार्य सुरु गरिएको बताइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले शुक्रवारदेखि अस्थायी तटबन्ध निर्माणको काम थालेको हो । सुरक्षाकर्मीको टोलीले बास र तारको प्रयोग गरेर अस्थायी तटबन्ध निर्माण सुरु गरेको जनताको तटबन्ध कार्यक्रम गैडेका इन्जिनियर बिजेन्द्र प्रसाद गुप्ताले बताए । मुख्य तटबन्धदेखि खोलाको दुरी ५ मिटर भएकाले बाँसको मोडलिङ गरेर अस्थायी तटबन्ध निर्माण गर्ने उनको भनाई छ ।

सुरक्षा प्रमुखहरूको टोलीसहित कटान क्षेत्रको अनुगमन गर्न पुगेका झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बिरिङ खोलाले तटबन्धलाई क्षति गरेर बस्ती नै जोखिम पर्ने सम्भावना देखेपछि झापा गाउँपालिकासँग समन्वय गर्दै तीन वटै सुरक्षा निकाय परिचालन गरेर कटान नियन्त्रण गर्ने बताए । उनले झापा गाउँपालिका डुबान र कटानको अति जोखिममा रहेकोले डुबान हुनु पूर्व नै सावधानी अपनाउन लागेको उनको भनाई छ ।

पहिले बिरिङ खोला जनताको तटबन्ध कार्यक्रम अन्तरगत निर्माण गरिएको तटबन्धबाट सय मिटर पूर्व रहेको थियो। विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण खोलाले दैनिक निरन्तर तटीय क्षेत्र कटान गर्दै आइरहेको छ । स्थानीय भिमकुमारी खतिवडाका अनुसार तटबन्ध पूर्व जमिन भएका सात जना स्थानीयको करिब दुई बिघाह जमिन र बोटबिरुवा खोलाको कटानले क्षति गरिसकेको बताए ।

खोलाले कटान गर्दै तटबन्ध नै भत्काउने जोखिम बढेपछि शुक्रबार बिहानैदेखि स्थानीय जनप्रतिनिधि, राजनितिकदलका प्रतिनिधि, सामाजिक अगुवाहरूले खोलाबाट हुने क्षति कम गर्न सम्बन्धित निकायसँग पहल गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah