प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।
पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ भएको उहाँका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिनुभयो । ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहनु भएको छ ।उहाँ अस्वस्थ भएपछि शनिबार अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताउनुभयो ।



