सुनसरीको इटहरीमा भाटभटेनी सुपर स्टोरले नेपालकै सबैभन्दा ठूलो स्टोर सञ्चालनमा ल्याएको छ । शनिबार (आज) देखि सुनसरीको इटहरीमा नेपालकै सबैभन्दा ठूलो सुपर स्टोर भाटभटेनी सञ्चालनमा आएको हो । इटहरी १७ लबीपुरमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुपर स्टोरको उद्घाटन गरेका छन्। उद्घाटनका अवसरमा भाटभटेनीले अल्कोहल र निकोटिन ग्रुपका बाहेक सबै सामानमा १० प्रतिशत छुट दिएको छ ।

भाटभटेनीका ए, बी र सी गरी ३ वटा ब्लक छन्। तीन वटै ब्लकको कुल क्षेत्रफल ३ लाख वर्गफिट छ। सबै ब्लकमा बेसमेन्टसहित ७ तला छन्। बेसमेन्टको क्षेत्रफल ५० हजार वर्गफिट छ र यसमा ५ सय गाडी सजिलै अटाउने क्षमता छ।पहिलो तला किचनवेयर र बालबालिकाका खेलौनाका लागि छुट्याइएको छ। यसमा ७ वटा काउन्टर हुनेछन्। दोस्रो तलामा कपडा, जुत्ता आदि राखिनेछन् र यसमा १० वटा काउन्टरको व्यवस्था गरिएको छ।

तेस्रो तलामा इलेक्ट्रोनिक आइटम, लगेज, गलैँचा आदि सजाइनेछ। यसमा १ काउन्टर राखिनेछ। चौथो तलामा हङकङको विश्व प्रसिद्ध मल्टिनेसनल कम्पनी क्यू एन्ड क्यूका फर्निचर हुनेछन्। फर्निचरको तलाभन्दा माथि २ वटा मल्टिप्लेक्स सिनेमा हल हुनेछन् । एक हलको दर्शक क्षमता ५ सय हुनेछ। त्यस्तै, सी ब्लकको भुइँतलामा केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट हुनेछ।

यही तलामा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ। यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट राखिनेछ। इटहरीमा ३५ कट्ठा जमिनसहित ३ अर्ब लगानीमा खुलेको भाटभटेनीले मनोरञ्जनस्थल सहितको किनमेलको केन्द्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah