साेलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ की २१ वर्षीया पूजा फुयाँल नेपाली कांग्रेसकाे क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचित हुनुभएको छ । वडा अधिवेशसनमा खसेको दुई सय ६३ मतमध्ये पूजाले सबैभन्दा धेरै अर्थात् दुई सय दुई मत प्राप्त गरेर निर्वाचित हुनुभएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ ।

नौ कक्षामै पढ्दा हिमाल दर्शन मावि नेचाको नेविसङ्घ इकाइ सभापति बनेकी पूजा उच्च शिक्षा अध्ययनको क्रममा २०७३ सालमा सानोठिमि क्याम्पस भक्तपुरको स्ववियु सदस्यमा निर्वाचित हुनुभएको थियाे । पूजा अहिले नेविसङ्घ सोलुको कोषाध्यक्ष र जीपी कोइराला फाउन्डेशनकाे जिल्ला सहसचिव हुनुहुन्छ ।

लगातार पूर्णकालीन राजनीतिमा लागेकी पूजा यो पटक धेरै मत ल्याएर जित्दा निकै दङ्ग हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘मैले सहमतिमा मलाई एउटा क्षेत्रीय प्रतिनिधिमा पठाउनुस् भनेर सबै नेता तथा पार्टीका अगुवालाई भने तर उहाँहरूले मलाई अन्य पदमा राख्ने आश्वासन दिएर नपठाउने कुरा गर्नुभयो तर चुनावमा गएपछि मलाई ९० प्रतिशत क्रियाशील सदस्यले माया गरेर जिताउनु भयो ।’

क्षेत्रीय प्रतिनिधि जितेसँगै राजनीतिमा युवाहरूको भविष्यप्रति आशा जागेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘कांग्रेसमा ५० कटेकालाई युवा नेता मान्नुपर्ने विवशतालाई अब हाम्रो पुस्ताले तोड्नुपर्छ ।’

पूजाका हजुरबुबा लीलाराज फुयाँल नेपाली कांग्रेसको तर्फबाट गाविस अध्यक्ष निर्वाचित हुनुभयाे । ५२ वटा वडा रहेको सोलुखुम्बुमा दुई वटा वडामा मात्र चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको हो । चुनाव भएको नेचासल्यान गाउँपालिका नेपाली कांग्रेसको सबैभन्दा बढी क्रियाशील सदस्य भएको वडा हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah