२४ भदौ, काठमाडौं । झापाका हराएका रंगकर्मी प्रकाश दाहालले आफू खबर नगरी हिँडेकाले धेरै दुःख पाएको भन्दै माफी मागेका छन् । एक सातापछि स्याङ्जाको वालिङबाट फेसबुकमा एउटा भिडियो अपलोड गर्दै उनले आफू सकुशल रहेको बताए ।

एक साताअघि उनी झापाबाट हराएको भन्दै परिवारले इलाका प्रहरी कार्यालय, दमकमा खोजतलासका लागि निवेदन दिएको थियो ।

‘मोबाइल नबोकी हिँडेका कारण मैले दिएको सास्तीप्रति शिर निहुर्‍याएर माफी माग्न चाहन्छु’ उनले भनेका छन्, ‘तपार्ईंले जुन दुःख पाउनु भयो त्यसका लागि एकदमै माफी चाहन्छु ।’

उनले आफ्ना शुभचिन्तकका लागि भन्दै बुधबार पोखराको फेवाताल नजिक बसेर कविता लेखेको भनेका छन् । र, फेसबुकमा सुनाएका छन् ।

म हराएको होइन

म हराएको होइन
डराएको हुँदै होइन
धैर्य गर आमा
सूर्य अलि पर चम्किँदै छ

जाग्दै, जगाउँदै तिम्रो छोरा
नयाँ बाटोमा लम्किँदैछ
सहन तिम्ले नै सिकायौं,
बहन तिमीले नै सिकायौं

लड्न तिमीले नै सिकायौं,
बढ्न तिमीले नै सिकायौं
म एउटा यात्रामा छु
अचम्मको जात्रामा छु,

आफ्नै शास्त्रमा छु
लाज छोप्ने वस्त्रमा छु
स्वयम् शरीरको अस्त्रमा छु
जीवनको सशस्त्रमा छु

यो यात्रा जाग्ने र जगाउनेको हो
भाग्ने र भगाउनेको हो
सड्ने र सडाउनेको हो
गल्ने र गलाउनेको हो

यो यात्रामा मलाई कसैले ढुंगाले हान्दैछन्
कसैले ढुंगा नै मान्दैछन्
बुझ्दै छन्, कोही भाषा सिकाउँछन्
कोही परिभाषा बदल्दैछन् ।

कोही रथका पांग्रा गुडाउँदैछन्
कोही नंगका नंग्रा खिउँदैछन् ।
कोही आफ्नो व्यथा सुनाउँदै छन्
कोही आफ्नो कथा लेखाउँदैछन्

कोही केही बनाउँदैछन्
कोही केही जगाउँदैछन्
कोही केही सजाउँदैछन्
कोही केही लडाउँदैछन् ।

साधुको भेषमा कोही अत्याचार गर्दैछन्
फुलेको केशमा कोही भ्रष्टाचार गर्दैछन् ।
यही यात्रामा कोही राष्ट्रियताको व्यापार गर्दैछन् ।

अनि कोही भने यी सबको नरसंहार खोज्दैछन्
अनि, तिमी त्यहाँ शोकमा हुँदा म यहाँ भोकसँग लड्दैछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah