प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीकाबीच प्रतिनिधिसभाको दोश्रो बैठकमा बजेट सम्बन्धी अध्यादेश पेश भएको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेटसम्बन्धी अध्यादेश पेश गर्न समय दिनुभएको थियो । बैठकमा मन्त्री शर्माले पेश गर्नुभएको आर्थिक अध्यादेश, २०७८ , राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र बिनियोजन अध्यादेश २०७८ स्वीकृत भएको छ । त्यसअघि सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई उक्त अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिनुभएको थियो । सुवालले भने नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताउनुभएको थियो । तर अध्यादेश पेश नगर्दा फिर्ता लिएको भन्ने ठानिने भएकाले सभामुखले प्रक्रिया अघि बढाउनुभएको थियो । बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएसंगै वर्तमान सरकारलाई नयाँ बजेट ल्याउने बाटो खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah