झापा । दमक–३ स्थित भुटानी शरणार्थी शिविर बस्ने २७ वर्षीया मुना राई (तामाङ) लाई ३५ वर्षीय श्रीमान् सनमान तामाङले गत साउन ३ मा कुटपिटपछि हत्या गरे । उस्तै प्रकृतिको घटना २०७७ भदौ ८ मा झापा गाउँपालिका–३ कामाटोलीमा भयो । बब्बु भन्ने सुनिल टुडूले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा ७० वर्षीय बुवा साइला टुडुको ज्यान गयो । ०७७ भदौ २८ मा कमल गाउँपालिका–७ ठूलो बाह्रघरेका २३ वर्षीय दिनेश ऋषिदेवले ४५ वर्षीया आमा मीरा ऋषिदेवलाई बन्चरो प्रहार गरी हत्या गरे ।

परिवारभित्र सबभन्दा बढी विश्वास गरिने श्रीमान् र सन्तानबाटै कति धेरै असुरक्षा छ भन्ने बुझाउन यी हत्या शृंखला हेरे पुग्छ । ‘पति या छोराहरूवाट महिलाले असुरक्षित महसुस गर्न थाल्नु सिंगो समाजकै लागि गम्भीर कुरा हो,’ अधिकारकर्मी कविता शर्मा भन्छिन्, ‘पितृसत्ता र उसको दम्भका कारण महिलाहरूले अनाहकमा मारिनुपरेको हो ।’

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वर्ष दिनयता १४ जनाको हत्या श्रीमान्, छोरा या साथीबाट भयो । अघिल्लो वर्ष आफन्तबाट हत्या हुनेको संख्या १२ मात्रै थियो । १० जनाको त श्रीमान्बाटै हत्या भएको थियो । एक घटनामा छोराद्वारा बुबा र अर्को घटनामा छोराबाट आमा मारिनुपर्‍यो । दुई घटना नजिकका नातेदारबाट भयो । यो वर्षको साउनमा मात्रै दुई महिलाको हत्या श्रीमान्बाटै भएको छ ।

‘महिला हत्याका प्रायः घटनामा श्रीमान्कै संलग्नता पाइएको छ,’ झापाका प्रहरी प्रवक्ता डीएसपी राके थापा भन्छन्, अधिकांश घटनाको कारक मादक पदार्थ पाइएको छ ।’ प्रहरीका अनुसार धेरैजसो हत्यामा धारिलो हतियार प्रयोग गरिएको देखिन्छ । ‘श्रीमान् रक्सी पिएर आउने, विवाद हुने अनि आवेगमा हत्या गर्ने पाइएको छ,’ डीएसपी थापा भन्छन्, ‘आफ्ना मान्छेहरूबाटै आफ्नाको हत्या बढ्नु दुःखद कुरा हो ।’

पछिल्लो समय महिलाको शंकास्पद मृत्युका घटना पनि ह्वात्तै बढेको छ । बिर्तामोडकी २५ वर्षीया युवती सिर्जना बस्नेत, इलाम घर भई दमकमा नर्सिङ पढ्दै गरेकी एक किशोरीको पनि शंकास्पद मृत्यु भएको छ । ती घटनामा नजिककै आफन्त संलग्न हुन सक्ने प्रहरी अनुमान छ । भदौ १४ मा अर्जुनधारा–१० मा एक महिला डेरा नजिकै मृत फेला परिन् । भदौ २० मा बिरिङ खोलामा छोरासहित ३८ वर्षीय उमा विकको शव भेटियो । त्यही दिन अपराह्न भद्रपुर–७ देउनिया खोलामा ३६ वर्षीया मेनुका बानियाँ मृत

भेटिइन् । भदौ २५ मा झापा गाउँपालिका–५ सन्थाल बस्तीकी ५५ वर्षीया मञ्जु टुडू र झापा–१ सालमारा सानो माइखोलामा एक महिलाको बेवारिसे शव भेटियो । यी सबै घटनाको प्रहरीले अनुसन्धान गरिरहे पनि सुराक फेला पारेको छैन ।

महिला हिंसाका अधिकांश घटनामा मादक पदार्थ कारक बन्ने गरेको पाइएको छ । तर, उनीहरूमाथिको हिंसाको कारण त्यो मात्रै भने हैन । वैदेशिक रोजगारीलगायतका अन्य घरायसी समस्या पनि रहेको कानुन व्यवसायी लक्ष्मी खनाल बताउँछिन् । ‘वैदेशिक रोजगारीले झन् गम्भीर अवस्था सिर्जना गरेको पाइयो,’ उनले भने, ‘पति–पत्नीबीच उत्पन्न असमझदारी बढ्दै जाँदा हत्या गर्ने अवस्थासम्म पुगेको देखिन्छ ।’ विदेशमा पति भएका पत्नीको परपुरुष सम्बन्ध र विदेशमा पत्नी भएका महिलाको स्त्रीगमन प्रवृत्तिका कारण समेत महिला हिंसा र हत्यासम्मको घटना निम्तिएको प्रहरी अनुसन्धानले देखाएको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah