•बिनु पोखरेल
शिवकुमारी थारु कपिलबस्तुको शिवराज नगरपालिकाको उपमेयर निर्वाचित भइन् ।  नेपाल आर्दश कलेज कपिलबस्तुबाट बिएड अध्ययन सकेकी उनी निमाबिकी शिक्षिका पनि हुन् । सरकारी स्कूलमा निजी स्रोतबाट तलव खानेगरी पाएको जागिर छोडेर उनी एमालेका तर्फबाट उपमेयरको उम्मेद्वार बनेकी थिइन् । भर्खरै २२ बर्ष पुगेकी शिवकुमारी एक छोरीकी आमा पनि हुन् । उम्मेदवार बने लगत्तै पहिलो चोटी उनले गरेको भाषण सामाजिक संजालमा भाइरल नै भयो, यसकारण कि उनले थारु समयुदायलाई भुलभुलैयामा राखेर जनताको हित गर्ने पार्टी एमाले विरुद्ध प्रयोग गरिएको वताइन् ।

‘थारुहरु सोझा हुन्छन्, एक दुई छाक खुवाईदिएपछि पछि लाग्छन् भन्ने सोचेर तराई मधेसको हित गर्ने पार्टी एमालेलाई मधेस विरोधी, थारु विरोधी भनेर प्रचार गरियो’ उनले भनिन्, ‘थारुको पक्षमा को छ, मधेसीको पक्षमा को छ भन्ने प्रमाण त यहाँको विकासका लागि बजेट छुट्याउने एमाले नै हो, अरु पार्टी त एक छाकमा मान्छे भुलाएर राम्रो गर्नेलाई गाली गर्न लगाउँछन् ।’

उम्मेदवार बनेकै बेला उनी आफूले चुनाव जित्नेमा ढुक्क थिइन् । ‘हामी भन्दा अगाडिको पुस्ताले भर पर्ने हामीमाथि नै हो, युवा मात्र होइन निकै बृद्ध आमाबुवाहरुले पनि एमालेमाथि ठूलो विश्वास गर्नु भएको थियो, त्यसैले जित्नेमा ढुक्क थिएँ ।’ हुन पनि उनले प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी उम्मेदवार सुमन यादवलाई तीन हजार भन्दा बढी मतको अन्तरमा पराजित गरिन् । शिवकुमारीले ६९६२ मत ल्याइन् भने फोरमकी सुमनले ३०२९ मत मात्र ल्याइन् । शिवराज नगरपालिकामा मेयर पनि एमालेले जितेको छ । मेयरका एमाले उम्मेदवार नेत्रराज अधिकारीले ६१५५ मत ल्याएर जितेका हुन् । एमालेलाई मधेस विरोधी भनी भरमार प्रचार गरिएका बेला कोर मधेसमा यस्तो भारी मतान्तरमा एमालेले जितेको हो । घरदैलो जाँदा बृद्धबृद्धाले शीरमा हात राखेर आर्शिवाद दिएको शिवकुमारीले सम्झिइन् । विकासका लागि एमालेले लिएको नीति के हो उनलाई पनि पहिले त्यति थाहा रहेनछ । पछि आफैं उम्मेदवार भएर एमालेले सरकारमा हुँदा गरेका काम र अव गर्ने कामको फेहरिस्त वताउँदै जाँदा भने उनलाई काम गर्ने पार्टी एमाले मात्रै रहेछ भन्ने लाग्यो ।

‘म पढ्ने पढाउने काममै सक्रिय भएँ, पार्टीका विषयमा मलाई त्यति जान्ने आवश्यकता नै परेन’ उनले भनिन्, ‘आमा बुवा र सासु ससुरा सामाजिक काममा खट्नुहुन्थ्यो, खटाउने पार्टी एमाले थियो ।’ एमालेको साधारण सदस्य हुनु बाहेक अहिले नगरपालिकामा उपमेयरको उम्मेदवार बन्छु भन्ने उनले सोचेकी पनि रहिनछिन् । ‘पढाएर शिक्षा क्षेत्रमा केही गर्छु भन्ने योजना थियो, अव मेरो जिम्मेवारीको क्षेत्र फराकिलो भयो’ शिवकुमारीले भनिन्, ‘अव उपमेयर भएर समाजका सवै समस्या समाधान गर्न अग्रसर हुन्छु ।’ अशिक्षा, महिला हिंसा र वालश्रम जस्ता समस्या उनले त्यहाँ समाधान गर्नु पर्ने देखेकी छिन् । उनले भनिन्– ‘अव यहाँ विकास गर्नु पर्छ, आर्थिक हिसावले असमानताको खाडल पुर्नु पर्छ भन्ने मेरो योजना छ ।’ अशिक्षाका कारण महिला हिंसा, वालश्रम, बहुविाह जस्ता सामाजिक विसंगति हटाएर समृद्ध नगरपालिका बनाउने उनको ध्येय छ ।

एमालेले देश बनाउँ, बाटो बनाउँ, अस्पताल बनाउँ, स्कूल बनाउँ, रेल चलाउँ र जातजातिबीच झगडा नगरौं भनेको हो । यसलाई नरुचाउने र गरिवीमा आफ्नो भविश्य देख्नेहरुले एमालेलाई मधेस विरोधी भनेर आरोप लगाए ।’ 

‘मान्छेको जीवनमा साना साना समस्याहरुले प्रभाव पारिरहेका हुन्छन्, तिनै समस्या हुन् हामीले समाधान गर्नु पर्ने’ उनले भनिन्, ‘मैले त्यही बोलेकी हुँ, एमालेले देश बनाउँ, बाटो बनाउँ, अस्पताल बनाउँ, स्कूल बनाउँ, रेल चलाउँ र जातजातिबीच झगडा नगरौं भनेको हो । यसलाई नरुचाउने र गरिवीमा आफ्नो भविश्य देख्नेहरुले एमालेलाई मधेस विरोधी भनेर आरोप लगाए ।’

विभिन्न समुदायबीच देखिएको असमानताको खाडल पुर्ने एक मात्र उपाय विकास भएको उनलाई लागेको रहेछ । ‘संविधानले, कानुनले कसैलाई विभेद गरेको छैन, विभेदको प्रचार मात्र भएको हो’ उनले भनिन्, ‘ब्यवहारमा पहाडी–मधेसी, पहाडे थारु भन्ने जुन विभेद छ, त्यो हटाउन विकास चाहिन्छ । आर्थिक रुपमा सम्पन्न हुने बाटो फेला परेपछि मान्छे कहाँ जात–जाति छुट्टिएर बस्छ र ? बाटो बनेपछि संसारका सबै जात यहाँ ब्यापार गर्न आउँछन् मिलेर बस्छन् ।’ जातजाति वा समुदायका नाममा लडाईं झगडा गर्ने परिपाटीको अन्त्य गर्नु पर्ने उनले वताइन् ।

‘हिंसाले होइन, एक अर्कोलाई दोषारोपण गरेर पनि होइन, अव विकासका कामले आफ्नो जीवनमा परिवर्तन आउँछ भन्ने मधेसी–थरु सबैले बुझेका छन्’ शिवकुमारीले भनिन्, ‘बैमनस्यमा कसैको हित छैन विकास गर्नु छ, त्यसका लागि एमाले चाहिन्छ भन्ने समाजमा स्थापित भइसकेको छ ।’ आफ्नो भाषण सामाजिक सञ्जालमा भाइरल भएको चुनावी अभियानमा हुँदा हुँदै पनि उनले थाहा पाएकी छिन् । राजनीतिका मात्रै कुरा नगरेर समाजका सामान्य समस्याहरु कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा आफ्नो भाषणमा रहेकाले त्यो चर्चित भएको उनको बुझाई छ । ‘मान्छेको जीवनमा साना साना समस्याहरुले प्रभाव पारिरहेका हुन्छन्, तिनै समस्या हुन् हामीले समाधान गर्नु पर्ने पनि’ उनले भनिन्, ‘मैले त्यही बोलेकी हुँ, एमालेले पनि देश बनाउँ, बाटो बनाउँ, अस्पताल बनाउँ, स्कूल बनाउँ, रेल चलाउँ र जातजातिबीच झगडा नगरौं त भन्छ नि । हामीलाई चाहिएको पनि त्यही हो ।’

चक्र पथ बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah