लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र बढुवासम्बन्धी रोकिएका कामलाई धमाधम अगाडि बढाउन थालेको छ ।

आयोगले सरकारी सेवालाई थप प्रभावकारी बनाउन नयाँ पदको सिर्जना गरी पदपूर्ति गर्न र कर्मचारीको वृत्तिविकास गर्न हरेक वर्ष खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति तथा बढुवाका प्रक्रिया गर्दै आएको छ । तर विगत दुई वर्षमा कोभिडको महामारीले गर्दा प्रकाशित भइसकेका पदका लागि परीक्षासमेत सञ्चालन हुन सकेका थिएनन् । त्यसले गर्दा नेपाल सरकारले माग गरेका पदको नयाँ पदपूर्ति पनि हुन सकिरहेको थिएन ।कोभिडको प्रभाव कम भएसँगै विगतमा स्थगित भएका विभिन्न तहका परीक्षा सञ्चालन भइसकेका छन् भने पदपूर्ति र बढुवाको अन्तिम प्रतिफल पनि प्रकाशित हुने क्रम पनि जारी रहेको छ ।

आयोगका प्रवक्ता तोयानारायण सुवेदीका अनुसार आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ गरी दुई वर्ष रोकिएका सबै पदका परीक्षा सञ्चालन भइसकेका छन् । ती दुई वर्षका सहसचिव तथा उपसचिव तहका कार्यक्षमता र जेष्ठताको बढुवाको परीक्षाफल प्रकाशित भई पदस्थापन पनि भइसकेको छ भने खुला तथा आन्तरिक प्रतिस्पर्धाका पदमा लिखित परीक्षा सञ्चालन भई परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ, गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah