विकास हाइड्रोपावरले सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँ को ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५ सय कित्ता शेयर आईपीओ निष्काशन गर्ने भएको हो।
कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ । त्यस अनुसार कम्पनीको आईपीओ निष्काशन सम्बन्धी सम्पुर्ण कार्य प्रभु क्यापिटलले गर्नेछ।
बिक्री प्रबन्न्धक नियुक्ति सम्बन्धी सम्झौता भाद्र ३१ गते बिहीबार सम्पन्न भएको हो । सम्झौता पत्रमा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।
कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थितमा छाखोला अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ।
४।५५ मेगावाटक्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको जनाएको छ।



