काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभएको छ।

सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताउनुभएको हो ।

उहाँले नेकपा माओवादी केन्द्रमा पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताका जस्तै व्यवहार देखिन थालेकाले चिन्ता बढाएको बताउनु भयो ।

उहाँले समाजको विकास र न्यायको निम्ति पनि पार्टी र आफूहरुलाई रुपान्तरण गर्नुपर्ने आवश्यक्ता रहेकाे बताउनुभयो । अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरङ्कुशता थाहा पाए पनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको बताउनुभयो ।

उहाँले नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष दाहालले थोरै मेहनत गरे नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने दाबी गर्नुभयो । उहाँले माओवादी केन्द्रले मात्रै साँचो अर्थमा समाजवादी क्रान्तिको रणनीतिमा देशलाई अघि बढाउन सक्ने दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘समाजवादी क्रान्ति अघि बढाउनका लागि विकास समृद्धिको यात्रा हुँदै न्यायसहितको एउटा नयाँ समाज निर्माणको निम्ति हाम्रो पार्टीले आफूलाई रुपान्तरण गर्नैपर्छ । हाम्रो पार्टी बिस्तारै एमालेकरण हुन थाल्यो । यस्तै भइरहने हो भने पार्टी छ नभने हुन्छ, मैले पार्टी सकिदिने भन्न खोजेको होइन, जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको हो ।’

अध्यक्ष दाहालले अब फेरि एक पटक सम्पूर्ण कम्युनिस्टहरूले सोच्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले कम्युनिस्टहरुले नेतृत्व नगरे अरुले बिगार्ने मात्रै देखिएको भन्दै सबै कम्युनिस्टहरुले आँखा चिम्लेर भए पनि देश र जनताको लागि सोच्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयाे,’नेकपा माओवादीले नै जनता र समाज साथै समाजवादी क्रान्तिको रणनीतिमा आफूलाई अघि बढाउँछ । नेकपा माओवादी नाम त छ, विज्ञापन जस्तो तर जनयुद्ध लड्ने योद्धाहरु भनेर चिनिनु पर्ने ठाउँमा चिनिँदैनन्। तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को कांग्रेस, को माओवादी, को एमाले ? त्यसैले हामीले थोरै मेहनत गर्‍याैँ भने अब आउँदो चुनावमा एक नम्बर हुने सम्भावना छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah