काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।आज नेपाली बजारमा सुनको मूल्य रू ३०० ले बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार २ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुन प्रतितोला रु ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ७५० कायम गरिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १४० कायम गरिएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १३५ थियो ।



