झापाको गौरादहमा एमालेलाइ ठूलो बज्रपात पार्दै नेपाली काँग्रेसका मेयरका उम्मेद्वार रोहित कुमार शाहले बिजय हासिल गरेकाछन् ।

एमालेको पकड र सधै एमालेको बर्चश्वमा रहेको गौरादहलाइ काँग्रेसले कब्जामा लिएको हो । पहिलो स्थानीय सरकारको प्रमुखको जिम्मेवारीमा नेपाली काँग्रेसका शाह पुगेकाछन् ।

नेकपा एमालेका मदन अधिकारीलाइ ५ सयभन्दा बढिको मतान्तरले शाहले बिजयी हासिल गरेकाहुन् । एमालेका जिल्ला सचिब समेत रहेका अधिकारीका लागि यो अप्रत्याशित हार हो ।

काँग्रेसका लागि पनि नसोचेको जित नभएको र आफूहरुले जित्ने उदेश्य राखेको एक नेताले प्रतिक्रिया दिएकाछन् ।
अधिकाँश वाडहरु सहित उपमेयर जितेपनि प्रमुख कार्यकारी पद मेयर भने एमालेले गुमाएको हो ।

उम्मेद्वार छनौट काँग्रेसले सर्वसम्मत गरेको थियो भने एमालेभित्र ठूलो बिबाद रहेको थियो । अन्तिम अवस्थामा अधिकारीले टिकट लिएर आएका थिए ।

अधिकारीले आफूलाइ अन्र्तघात भएको भनेर परिणाम आउनु अघि नै फेसबुकमा लेखिसकेका थिए ।

प्रारम्भिक चरणमा एमालेको अग्रता रहेपनि बीचमा त्यो अग्रतालाइ तोड्दै शाह अघि बढेका थिए । अन्तिम समयमा शाहको पक्षमा निर्णायक मतहरु खसेको पाईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah