दमक/ झापाको दमकमा ठुलो तासा तथा जुवा खालमा प्रहरीले छापा मारेको छ । जहाँ बिभिन्न ठाँउहरुबाट तास खेल्नका लागि नै मानिसहरु आएका थिए । इलाका प्रहरी कार्यालय दमकले कौडा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको जनाएको छ ।
भाग्न खोज्ने एक जना घाइते भएको पनि प्रहरीले जनाएको छ।
गयराती ११ः३० बजे दमक– १ स्थित हिमाल देवानको घर कम्पाउण्डको पछाडी पट्टी जस्ताको छाना भएको एक तले भान्सा कोठामा जुवा खेलिरहेको सूचनाको आधारमा त्यहाँ प्रहरी टोलीले घेरा हालेको बताईएको छ । १६ थान कौडा र चार लाख सत्ताईस हजार छ सय रुपिया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



