असार मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो ।

अप्रेसन गरेको स्थानबाट निरन्तर रक्तश्राव भएपछि बिरामीका आफन्तले अस्पतालमा सिकायत गरेका थिए । त्यसपछि मात्र अप्रेसन गर्दा मिर्गौला फुटेका कारण चिकित्सकहरूले निकालेको अस्पताल प्रशासनले स्विकारेको थियो, नयाँ पत्रिका दैनिकमा खबर छ ।

रिमाल पत्थरीको अप्रेसन गर्न गत २५ जेठमा अस्पताल भर्ना भएका थिए । अप्रेसन गर्ने क्रममा चिकित्सकहरूले मिर्गौला निकालेको रिमाल परिवारले बताएको छ ।

घटना सार्वजनिक हुने डरले अस्पताल प्रशासनले विभिन्न प्रलोभनमा पारेर जबर्जस्ती सम्झौतापत्रमा हस्ताक्षर गराएको रिमालकी पत्नी रञ्जुले बताइन् ।

डा।गुणराज श्रेष्ठ नेतृत्वको चिकित्सक टोलीले रिमालको पत्थरी अप्रेसन गर्ने क्रममा देब्रेपट्टिको मिर्गौला निकालेका हुन् ।

अस्पताल प्रशासनले भने पत्थरीको अप्रेसन गर्दा मिर्गौला फुटेकाले निकालेको पीडित परिवारलाई जानकारी दिएको दाबी गरेको छ ।

फकाउन यस्तो सम्झौता

-बिरामीको अप्रेसनको निःशुल्क उपचार गर्ने र एउटा विशेषज्ञ चिकित्सकको टोली बनाई अस्पतालले विशिष्ट उपचारको प्रबन्ध गर्ने ।

-हाल एउटा मिर्गौलाले काम गरिरहेको अवस्थामा अर्को मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भएका कारण भविष्यमा अर्को मिर्गौलाले पनि काम नगरेमा अस्पतालले मिर्गौला प्रत्यारोपण गरिदिने ।

-बिरामीको मिर्गौला र सोसँग सम्बन्धित समस्या आइपरेमा अस्पतालले निःशुल्क उपचार गरिदिने ।

-बिरामीकी श्रीमती रञ्जु रिमाललाई १ साउनदेखि लागू हुने गरी अस्पतालमा रोजगारीको व्यवस्था गर्ने र पीडित शिवप्रसाद रिमाललाई पनि उपचारपछि रोजगारी उपलब्ध गराउने ।

-बिरामीका दुई छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने र स्वास्थ्य उपचारको हकमा अस्पतालका कर्मचारी परिवारसरह सुविधा दिने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah