कामठमाडौं : लामो समयदेखि १४ वटा मन्त्रालय मन्त्रीविहीन छन्। यसै कारण कुनै पनि निर्णय लिनुपर्ने अवस्थामा मन्त्रालयका उच्च कर्मचारीले सास्ती भोग्ने गरेका छन्। उनीहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन्।

१४ वटा मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा सामान्यतया हप्ताको ३ देखि ४ दिनमात्र सिंहदरबार पुग्छन्। सिंहदरबार पुगेको बेला प्रधानमन्त्री कार्यालयमै उनलाई भ्याइनभ्याइ हुन्छ। अन्य मन्त्रालयमा जान फुर्सद नै हुँदैन। कहिलेकाहीं सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा सहभागी भई देउवा प्रधानमन्त्री कार्यालय नै नपुगीकन निस्कन्छन्।

२०७८ असार २९ मा मन्त्रिमन्डल गठन भए यता आफूले जिम्मेवारी लिएका १४ मन्त्रालयमा देउवा एकपटक पनि पुगेका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भने उनले राज्यमन्त्री नियुक्त गरेका छन्।

मन्त्रालयमा मन्त्री नहुँदा सचिवालय खाली हुने गरेको छ। यद्यपि विभागीय मन्त्रीको नेम प्लेटमा देउवाको नाम हुन्छ। सचिवालयका सबै कोठामा ताला लगाइएको हुन्छ। मन्त्रीस्तरीय निर्णय गर्नुपरेमा मन्त्रालयका उच्चपदस्थ कर्मचारीलाई धौधौ पर्छ। सचिवहरू आफैं फाइल बोकेर विभागीय मन्त्री खोज्दै प्रधानमन्त्री कार्यालय धाउने गर्छन्।

‘अति संवेदनशील तथा गोप्य प्रकृतिका छन् भने आफैं फाइल बोकेर सचिवज्यू प्रधानमन्त्री कार्यालय पुग्नुहन्छ’, संघीय मामिला मन्त्रालयका एक उपसचिवले भने। प्रधानमन्त्रीलाई भेट्न मन्त्रालयका उच्च कर्मचारीलाई त्यति सजिलो छैन।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah