वरिष्ठ वामपन्थी नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी पुत्री लीमा अधिकारी सक्रिय राजनीतिमा आउने भएकी छन् ।

लीमाले अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (एस) बाट राजनीति गर्ने भएकी हुन् ।

नेकपा एसले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ । लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय थिइन् ।

उनी नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन् ।

अधिकारीले ठूलो बुवा (पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी) र बुवाले राजनीतिमार्फत गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताइन् ।

‘मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहनुभएको एमालेको ९ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेण्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको छ,’ अधिकारीले भनिन्, ‘तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले हामीजस्ता राजनीतिमा हामीजस्ता युवाहरूको आवश्यकता छ भन्ने बुझेर सक्रिय राजनीति गर्ने सोच बनाएकी हुँ ।’ राजनीतिमा थुप्रिएको फोहोर सफा गर्न ‘मुलुकबाट लिने नभई दिने’ उद्देश्यसहित आफू राजनीतिमा सक्रिय हुने उनको भनाइ छ ।

लीमा भरतमोहनका ३ मध्ये माहिली छोरी हुन् । स्थापित व्यापारिक घरानाभित्र वैवाहिक सम्बन्धमा रहेकी लीमाको परिवार बैंकिङ, हाइड्रोपावर, सफ्टेवयर तथा इन्टरनेट सम्बन्धी व्यवसायमा संलग्न छ । उनका श्रीमान सुदीप आचार्य कामना सेवा विकास बैंकका अध्यक्ष तथा टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक छन् । ससुरा कृष्ण आचार्य स्थापित व्यवसायी हुन् ।

आचार्य ०६२/०६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधि सभामा व्यवसायीका तर्फबाट अन्तरिम विधायका थिए । आचार्य हाल स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah