२१ असार । प्रचण्ड निवास लाजिम्पाटको दृश्य हो, अस्ति सोमबारको । एकजना बेहुली थिइन्, अर्का बेहुला । उनीहरु पहलिचोटी बेहुला–बेहुली बनिरहेका थिएनन् । बरु, नयाँ र कसिलो सम्बन्ध स्थापित गर्न पार्टीका सुप्रिय कमाण्डरकै घरमा जुटेका हुन् । जनवादी परम्पराअनुसार एकापसमा बाँधिएर बिदा भएका हुन् । त्यसो त अब प्रचण्डको घरमा विवाह गरिहल्नुपर्ने कोही सदस्य बाँकी छैनन् ।

तर, सोमबार दुवैतिरको अभिभावक बन्दै एउटा सम्बन्ध जोडिदिएका छन् । सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकामा हालै उपमेयर जितेकी जानुका पराजुली र प्रचण्डकै सचिवालयमा काम गरेका मनोहरि तिम्सिनाबीच सम्बन्ध बनाइएको थियो, त्यहाँ । प्रचण्ड प्रधानमन्त्री छँदै पत्नीको तनावले सचिवालयबाट राजीनामा लेखि केही समय विरक्तिएर हिँडेका उनले पूर्वपत्नीसँग सम्बन्धविच्छेद गरिसकेका छन् । तत्काल नयाँ सम्बन्ध बनाउने योजना थिएन ।

तर, विरक्तिएर हिँड्ने मान्छे कहाँ पुगेर कतिबेला कुनै अप्रिय निर्णयमा पुग्ला भन्ने चिन्ता लाजिम्पाटलाई भइरह्यो । आफ्ना छोराछोरीको झैं सचिवालयका मान्छेको चिन्ता गर्ने र सकभर छिटै लगनगाँठो जुराइहाल्ने व्यक्ति हुन्, प्रचण्डपत्नी सीता । उनकै पहलमा कुरा भएको हो, जानुकासँग । जानुका दोलखाका माओवादी नेता विशाल खड्काकी पूर्वपत्नी हुन् । ०६३ मंसिरमा उनीहरुको विवाह भएको थियो । तर, केही वर्षमै छुटे ।

जानुकाले पाँच वर्षअघि विशालकी दिदी तथा पार्टी नेतृ देवी खड्काले आफूमाथि घरेलु हिंसा गरेको, श्रीमान्बाट छुटाएको उजुरी पार्टी हेडक्वार्टरमा दर्ज गरेकी थिइन् । उनीहरुबची गर्भपतन गराएको विषयमा विवाद भएपछि सम्बन्धमा समस्या आएको बताइन्छ । ०६४ मंसिर २८ गते अखिल क्रान्तिकारीको एक कार्यक्रमका लागि मेलम्ची जाँदा जानुकाको बायाँ कोखामा पीडा भएपछि उपचार गराइन् ।

चिकित्सकले किड्नीमा पत्थरी भएको र त्यसको उपचारका क्रममा गर्भमा रहेको भ्रुणका कारण खतरा हुने बताएपछि गर्भपतन गराएकी थिइन् । जानुकाका बुबा ध्रुव पराजुली मााओवाीका पुराना नेता हुन् । प्रचण्डपक्षीय नेता पराजुलीकै जोडबलमा जानुका चौताराको उपमेयर त भइन् । तर, ३०–३२ वर्षकी छोरीका उमेरलाई हेलचेक्य्राईँ गर्दा भविष्यमा केही नराम्रो पर्ला भनी लाजिम्पाटतिर भनसुन चलाइरहेका थिए ।

यसरी लाजिम्पाटमै सम्बन्ध बसाउनुको कारण हो । आजकलका केटाहरु उति विश्वासिला नहुनु । त्यसमाथि बेलाबेला बहकिएर हिँड्ने मनोहरिलाई छोरी दिनु छ । उपमेयर भएर सक्रिय सामाजिक जीवनमा होमिएकी जानुका जीवनमा फेरि कुनै हेलचेक्य्राईँ भयो भने बर्बाद हुन्छ भनेर पार्टीका सुप्रिम कमाण्डरको घरमा, उनकै रोहवरमा मनोहरिलाई लगाइएको बताइन्छ ।

नियम तोड्नेमा नेता र नायिका
गरेदेखि नहुने केही रहेनछ । झट्ट हेर्दा सानो कुराझै लाग्ने तर जनजीवन प्रभावित हुने दृष्टिले विकराल समस्या बन्दै गएको सडक अनुशासन कायम गराउँदा प्रहरीले समाजका कस्ता कस्ता अगुवा भनाउँदा समेतलाई बाँकी नराखी कारबाही गरेको छ । वैद्य पक्षधर माओवादी नेता तथा पूर्वप्राध्यापक सुरेश आले मगरले बाटोमा हिँड्दाहिँड्दै कुनै दिन ट्राफिकको फान्दामा पर्छु भनेर सायदै सोचेका थिए । तर दिन त्यस्तो पनि आयो ।

सडकमा रेखा लगाइएभन्दा बाहिर सवारी साधान चलाउनेलाई कारबाही गर्ने (लेन अनुशासनको) क्रममा उनी पनि बाँकी रहेनन् । फिल्महरुमा हट सिन दिएर ख्याति कमाएकी शुभेच्छा थापा, पूजना प्रधानदेखि ठ्याक्क ठ्याक्क लौरीले बोलको गीत गाउने बाबु बोगटी, दीपक लिम्बू, ए राता मकै भन्ने हाँस्य कलाकार किरण केसी, खेलाडी दीपक विष्ट, संगीना वैद्यदेखि टिभी पत्रकार चिरञ्जीवी शाहसम्मलाई बाँकी राखेन लेन अनुशासनको कारबाहीले ।

महानगरीय ट्राफिक प्रहरीले यस्तो कठोर कारबाहीबाट सडक अनुशासन त बसायो नै, सँगै जरिवानाबापत राज्यकोषमा एक लाख २८ हजार एक सय ८१ रुपैयाँ राजस्व पनि दाखिला गरेको छ । पुरुषमात्र हैन, लेन अनुशासन उल्लंघन गर्नेमा महिलाको संख्या पनि उत्तिकै छ ।

ट्राफिक अभिलेखअनुसार गत वर्ष ४६ हजार नौ सय ९२ जनामाथि कारबाही हुँदा सात हजार दुई सय ८२ को संख्या महिलाको थियो । लेन अनुशासनमात्र हैन, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने संख्या पुरुषकोजत्तिकै छ महिलाको,  खबर जनआस्थामा उल्लेख छ ।

एक वर्षमा २५ हजार पाँच सय १३ माथि मापसे कारबाही हुँदा महिलाको संख्या थियो। चर सय १९ । मापसे र लेन अनुशासनको कारबाही क्रममा प्रहरीले केही कठोरता अपनाउने गरेको छ । अन्य कारबाही निश्चित रकम जरिवाना तिराए पुग्छ । तर, यी दुई प्रकारका दोषीलाई निश्चित समय कक्षा लिने र आवश्यक शिक्षा दिएरमात्र मुक्ति दिइन्छ । न्यूज अभियान बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah