मोरङको अमरदहको चिउरा मिलमा आगलागी, ७० लाख बराबरको क्षति
मोरङको सुनवर्षी नगरपालिका ३, अमरदह बजार नजिकको चिउरा मिल आगलागी हुँदा ७० लाख बढीको क्षति भएको छ।
नर्बु चोकस्थित अरुण सिंहले सञ्चालन गरेको बोलबम चिउरा मिलमा शनिबार राति भएको आगलागीबाट मिलसमगै दुई वटा कोठा पूर्ण रूपमा क्षति भएको छ।
प्रहरीका अनुसार गएराति ११ बजेदेखि सुरू भएको चिउरा मिलमा काम गरिरहेको अवस्थामा अचानक विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीबाट २ वटा कोठा पूर्ण रुपमा क्षति भएको र मिल भित्रका २ वटा मेसिन, धान, खुदी, भुस, पिठो र चिउरा गरी ७० लाख रुपैयाँ बराबरको क्षती भएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, रंगेली, बेलबारी, सुन्दरहरैचा, उर्लाबारी र कानेपोखरीसहित ५ वटा बारूणयन्त्रकाे सहयोगमा राति २ बजे आगो पूर्ण नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रंगेलीका सहायक प्रहरी निरिक्षक देव पुकार यादवले बताए।



