प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तेस्रो दिनको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको छ ।

तेस्रो दिनको यो बैठकअघि च्यासलमै स्थायी कमिटी बैठक बसेको छ। स्थायी कमिटी बैठकमा विभिन्न १० वटा समूहमार्फत केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफबारे छलफल भएको थियो।
अहिले जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव प्रतिवेदनमाथि उठेका सुझाव र प्रश्नबारेमा जवाफ दिने भएका छन्।

बैठकमा १० वटा समूहका टोली नेताहरुले पनि आफ्ना सुझावबारे थप प्रष्ट पार्ने कार्यक्रम रहेको छ। शुक्रबार गठित १० वटा समूहका टोली नेताले शनिबार आफ्नोतर्फबाट सुझाव पेश गरेका थिए।

समूहबाट राज्यको संरचना अनुसार पार्टिमा सातजना उपाध्यक्ष र सचिव पनि राख्नुपर्ने सुझाव दिइएको थियो। समूहले उपाध्यक्षलाई नै प्रदेश इन्चार्जको जिम्मेवारी दिन सुझाएका थिए।

तर आगामी असोज १५ देखि १७ सम्म हुने विधान महाधिवेशनका लागि तयार पारिएको विधान संशोधन प्रस्तावमा तीनजना मात्रै उपाध्यक्ष राख्ने प्रस्ताव एमालेले अघि सारेको छ।

अबको एक कार्यकाल केपी शर्मा ओलीले अध्यक्षमा दोहोरिने बताइसकेका छन्। यस्तोमा दोस्रो तहका अन्य नेताहरुलाई मिलाएर लैजान सातजना उपाध्यक्षको कुरा समूहबाट आएक हुन्।

नेकपा एमालेले पार्टीको इतिहासमै पहिलो पटक आगामी असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित नवनिर्मित नेपालकै ठूलो हलमा विधान महाधिवेशन गर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah