झापाको गौरादहमा एमालेको हारको बिषयमा एमालेभित्र तिब्र असन्तुष्टि संगै अन्र्तघात भएको भन्दै एक अर्कामा आरोप प्रत्यारोप शुरु भएको छ । स्पष्ट बहुमत सहित उपमेयर, वडाध्यक्ष र सदस्यहरु जितेको गौरादह नगरपालिकामा एमालेले मेयर गुमायो ।
नेकपा एमाले झापाका सचिब मदन अधिकारी आफै यस नगरपालिकाको मेयरको उम्मेद्वार रहेका थिए । उनि पूवै जनप्रतिनिधि पनि हुन् । तर यो पटक उनि यहाँ अकल्पनिय रुपमा हारे । उनले सामाजिक सञ्जा
ल फेसबुकमा नै मत परिणाम आइरहदा अन्र्तघात भएको बिषयमा लेखेका थिए । तर पछि त्यसलाइ हटाए ।
पछिल्लो समयमा उनले पराजयलाइ स्वभाविक भन्दै सबै मतदातालाइ धन्यवाद दिएकाछन् भने आफूलाइ सहयोग गर्नेहरुप्रति आभार पनि प्रकट गरेकाछन् । निरन्तर जनताको सेवा गर्ने बताएकाछन् । तर सामाजिक सञ्जालमा अन्र्तघात भएको भन्दै कटु आलोचना भएको छ ।
आफ्नै नेता कार्यकर्ताहरुलाइ हराउन लाग्नुलाइ तर असफल बनाउन लाग्नुलाइ अन्र्तघात भन्न खोजिएको हुनसक्छ । यो गौरादहमा भयो होला त ?
स्थानीय एक नेताका अनुसार सबैले पार्टी नहेरेको पाइदो रहेछ । जोसंग निटक भयो र निरन्तर सम्पर्कमा रह्यो उसैले मत जाहेर गर्छ । तर उ पार्टीमा आस्था भने रहिरहेको बताउछ ।
एमालेले चुनावी समिक्षा गर्ने बताएको छ । एक नेताका अनुसार हारको बिषयमा समिक्षा हुनेछ । तर मतदाताले मतदान गरेर हारेको भन्ने बुझेर अर्को पटक जित्ने गरि लाग्नु बिकल्प छैन । एमालेले बाणिज्य संघ गौरादहमा पनि मार खाएको थियो ।
यहाँ एमाले हार्नुका कारण केहि बिश्देषण हुन थालेको छ । काँग्रेसले सबैशक्ति प्रयोग गरेको थियो र उम्मेदवार कुनै बिबाद थिएन । तर एमालेभित्र उम्मेदवार चयनमा अन्तिम समयसम्म बिबाद रहेको थियो ।
काँग्रेस चाहान्थ्यो जसरी पनि मेयर जित्नु पर्छ । अन्य वडाध्यक्ष लगायतका पदहरु सके जित्ने नसके जे भएपनि मेयर जसरी नै जित्ने ध्यायन्न रहेको थियो तर एमालेको सबै जित्ने ध्याउन्ने रहेको थियो ।
काँग्रेसका रोहित शाह एमालेका उम्मेदवार मदन अधिकारीभन्दा झण्डै दूइ महिनाअघि देखि नै मतदातासम्म मतमाग्दै पुगेका थिए तर अधिकारीलाइ एकपटक मतदातामा पुग्न पनि धौ धौ भएको थियो ।



